ad ad

राजनीति


अब सधैँका लागि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

अब सधैँका लागि कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

नेपालखबर
असार २२, २०७७ सोमबार २:४९,

सरकारले कक्षा ११ को परीक्षा अब सधैँ सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो। परिषद्को अध्यक्ष शिक्षामन्त्री हुन्।

अब सधैँ कक्षा ११ को परीक्षा विद्यालयले लिने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए। सरकारको यो निर्णयसँगै कक्षा ११ को परीक्षा कसरी गर्ने भन्ने अन्योलको अन्त्य भएको छ। कक्षा १२ को परीक्षा भने अनुकूल समयमा लिने शिक्षा मन्त्रालयको तयारी छ।

परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरिसकेको जनाएको छ।

कोरोना संक्रमणले उत्पन्न भएको परिस्थितिका कारण सरकारले गत चैत ६ देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको थियो।

विद्यालयले गर्ने आन्तरिक मूल्यांकन र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर आएको नम्बरको आधारमा अब राष्ट्रिय परीक्षा बोर्डले एसइईको ग्रेडसिट जारी गर्ने निर्णय गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .