ad ad

समाज


शुक्रबारदेखि देशैभर ठूलो वर्षा/बाढीको सम्भावना, अहिल्यैदेखि ‘पूर्वतयारी’ थाल्न आग्रह

शुक्रबारदेखि देशैभर ठूलो वर्षा/बाढीको सम्भावना, अहिल्यैदेखि ‘पूर्वतयारी’ थाल्न आग्रह

नेपालखबर
असार २२, २०७७ सोमबार २:५७,

यही असार २६ गते अर्थात् शुक्रबारदेखि देशभर ठूलो वर्षा तथा बाढीको सम्भावना रहेकाले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न मौसमविद्ले सबैमा आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो।

यस्तै बाढी पूर्वानुमान महाशाखाले यही असार २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको छ।

 

आजको सम्भावना के छ?
आज सुदूरपश्चिम, कर्णाली, ५ नम्बर, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १ र २ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश ५, गण्डकी र प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै राति पनि प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही स्थानमा र प्रदेश १, २, कर्णाली सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश ५, गण्डकी र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले साेमबार बिहान जारी गरेकाे माैसम बुलेटिनमा उल्लेख छ।

mausam22

कति मिल्छ माैसम अनुमान?

मौसमविद् पौडेलले यसरी गरिएको मौसमी अनुमान ९० प्रतिशतसम्म मिल्ने दाबी गरेका छन्।

‘प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा अघिको अवधि) बाहेक जाडो याम र अहिले मनसुनका बेला गरिने वर्षाको अनुमान ८०–९० प्रतिशतसम्म मिल्छ,’ सोमबार बिहान मौसमविद् पौडेलले नेपालखरबसँग भने, ‘हन्ड्रेड पर्सेन्ट त केहीमा हुँदैन, तर हामीले गरेको मनसुनी अनुमान ८० देखि ९० प्रतिशतसम्म मेल खान्छ।’

प्रिमनसुनका बेलामा भने सानो सानो बादल बन्ने भएकाले स्याटेलाइटले पनि त्यसको स्पष्ट तस्बिर खिच्न नसक्ने भएकाले कहिलेकाहीं अनुमान नमिल्न पनि सक्ने उनको भनाइ छ। तर हिउँद र बर्खामा हुने वर्षाको अनुमान भने धेरैजसो मिल्ने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .