नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।
केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज- ८९०००००१ देखि ट -३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ। नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा २०७५ लेखिएको छ।
नोटको पृष्ठ भागको मध्यमा अंग्रेजी रोमनमा नेपाल राष्ट्र बैंक, मध्यभागमा हिउँ चितुवाको चित्र रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
नोटमा तत्कालिन गर्भनर डा.चिरञ्जीवि नेपालको दस्तखत रहेको छ।
3
Shares
प्रतिक्रिया