हङकङले नयाँ सुरक्षा कानुन अनुमोदन गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले हस्ताक्षर गरेलगत्तै सो कानुन अनुमोदन गरिएको हो।
हङकङको ‘मिनी कन्स्टिच्युसन’ भनिने आधारभूत कानुनमा गरिएको यो सबैभन्दा महत्वपूर्ण परिवर्तन हो।
राष्ट्रपति सीले मंगलबार नै यो कानुनमा हस्ताक्षर गरेका थिए। जसअनुसार हङकङलाई चीनबाट अलग्याउन खोज्ने, विनाशकारी कार्य, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठलाई आपराधिक कार्य मानिएको छ।
चीनको केन्द्र सरकारले एक महिनाअघि मात्र यो विधेयक तयार गरेको थियो।
मंगलबार नै चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले यसलाई एकमतले पारित गरेको थियो।
सो समितिका अध्यक्ष ली झान्सुले यो कानुन लागू भएपछि ‘एक देश, दुई व्यवस्था’ कार्यान्वयन सही दिशामा जाने बताएका छन्।
हङकङकी नेतृ क्यारी लामले कानुनप्रति समर्थन जनाएकोमा जनतालाई धन्यवाद दिएकी छन्। एजेन्सी

प्रतिक्रिया