राजनीति


स्वास्थ्य मन्त्रालयले फेरि भन्योः स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको छैन

स्वास्थ्य मन्त्रालयले फेरि भन्योः स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको छैन

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:४८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआरको रिएजेन्ट र भीटीएम खरिदमा कुनै अनियमिता नभएको स्पष्ट पारेको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा रमेश खरेलले आज पत्रकार सम्मेलनमा स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरेको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यस्तो कुनै अनियमिता नभएको दाबी गरेका हुन्।

व्यवस्थापन महाशाखाले परीक्षणको दायरा बढाउनका लागि एक लाख ५० हजार पीसीआर परीक्षण गर्नका लागि आवश्यक रिएजेन्ट र भीटीएमका लागि खरिद प्रक्रिया शुरु गरेको छ। उनका अनुसार बिनाप्रतिस्पर्धा खरिद गर्ने व्यवस्था भए पनि प्रतिस्पर्धाबाट ती सामग्री खरिद गर्दा खरिद मूल्यभन्दा रु १४ करोड ८७ लाख ११ हजार ५०० कम परेको छ।

ती सामग्रीको खरिद रु ४२ करोड ८ लाख ११ हजार ५०० पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा रु २७ करोड २१ मात्र परेको उनले बताए। यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को घ (३)मा विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्नसक्ने प्रावधान र सार्वजनिक खरिद नियवाली २०६४ को नियय १ को ४५ मा एउटा मात्र खरिदकर्तासँग वार्ता गरी खरिद गर्नसक्ने व्यवस्था भए पनि विभागले खरिद प्रक्रियालाई प्रतिस्पर्धा गरी स्वच्छ, मितव्ययीता अपनाउन बोलपत्र आह्वान गरी खरिद गरिएको बताए।

‘हामीले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई प्रतिस्पर्धा स्वच्छता र इमानदारितापूर्वक जवाफदेहीता र विश्वश्नीयता प्रर्वद्धन गरी मितव्यीता कायम गरेर खर्चको अधिकतम प्रतिफल हासिल गर्न खरिदको व्यवस्थापन गरी खरिदकर्तालाई बिनाभेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी गराएको हो’, उनले भने, ‘कुनै राजनीतिक दल र अन्य वर्गको दबाबमा नपरी कानुनी प्रक्रियाअनुसार नै ती स्वास्थ्य सामग्री खरिद भएको हो।’

ती सामग्री मन्त्रालयकै प्राविधिक विज्ञसहितको उपसमितिले दिएको लिखित मूल्यांकनसहितको प्रतिवेदन अनुसार न्यूनतम मूल्यमा सामग्री ल्याउनसक्ने कम्पनी ओम कन्सर्नलाई दिइएको महाशाखा प्रमुख डा खरेलले जानकारी दिए। उनले मन्त्रालयको कार्यविधि अनुसार नै सामग्री वितरण गरिएको भन्दै अहिले पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीसमेत रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad