आइतबारदेखि चितवनमा सुरु भएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रको कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ।
सोमबार बिहान ८ बजेदेखि नै बन्दसत्र सुरु गर्ने भनिएको थियो। तर, प्रतिनिधिहरूको उपस्थितिमा ढिलाई र ब्रेकफास्टका कारण केही ढिलो गरी मात्रै बन्द सत्र सुरु हुने एक नेताले जानकारी दिए।
बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ।
ती प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने तालिका छ।
रास्वपा निर्वाचन आयोगले आज दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।
नयाँ नेतृत्व चयन गर्दै रास्वपा महाधिवेशन मंगलबार सक्ने तयारी छ।
हेर्नुहोस् बन्दसत्रको कार्यक्रम

Shares

प्रतिक्रिया