भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सेना आफ्नो भूमिमा प्रवेश नगरेको बताएका छन्।
लद्दाखमा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिक मारिएपछि आयोजित सर्वदलीय बैठकमा मोदीले भारतलाई चुनौती दिनेलाई पाठ पढाइएको दाबी पनि गरे।
बैठकमा विपक्षी दलका नेताहरुले भारतको गुप्तचरी निकाय, सरकार र सेनाको कार्यशैलीप्रति प्रश्न उठाएका थिए।
‘उनीहरु हाम्रो सीमाभित्र प्रवेश गरेका छैनन्, न उनीहरुले हाम्रो कुनै पोस्ट कब्जा गरेका छन्,’ मोदीले भने, ‘हाम्रा २० जवान सहिद भए तर, जसले भारत मातालाई चुनौती दिए, तिनलाई सबक सिकाइएको छ।’
‘आज हामीसँग त्यो क्षमता छ, जसले गर्दा हाम्रो एक इन्च जमिनमा पनि कसैले आँखा लगाउन सक्दैन,’ मोदीले भने, ‘देशको रक्षा गर्न जे गर्नुपर्ने हो हाम्रो सेनाले गरिरहेको छ।’ एजेन्सी

प्रतिक्रिया