राजनीति


प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध

नेपालखबर
असार ५, २०७७ शुक्रबार १५:५७,

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित संकल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठकको अवरुद्ध गरेको हो। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए।

बिभिन्न आरोप लगाउँदै गैर प्रजातान्त्रिक ढंगले बैठक सञ्चालन नगर्न सभामुखलाई अनुरोध गरेका छन्। प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सिंगो कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाइन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिए।

सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यको विषयले ध्यानाकर्षण भएको बताए पनि निर्वाध रुपमा सभा अवरुद्ध गरेपछि उनले शनिबार दिउँसो ३ः०० बजेसम्मका लागि बैठक स्थगन भएको सूचना गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad