ad ad

राजनीति


‘अछाममा आत्महत्या गरेका आउजीको नियती अरुले भोग्न नपरोस्’

‘अछाममा आत्महत्या गरेका आउजीको नियती अरुले भोग्न नपरोस्’

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ९:८,

राष्ट्रिय सभाका सांसदहरुले अछामको बयलपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीको परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन्।

रोजगारी खोसिएपछि जेठ २६ गते अस्पताल परिसरमै आत्माह गरेका आउजीको परिवारलाई क्षतिपुर्ती दिन सांसदहरुले माग गरेका हुन्।

बिहीबारको बैठकमा बोल्दै नेकपाकी सांसद उदया शर्मा पौडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउजीले आत्मदाह गरेको बताइन्। निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गरिन्।

आफ्नै शरीरमा आगो लगाएका आउजीको मृत्यु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले पनि रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका आउजीका परिवारलाई क्षतिपूर्तिको माग गरे। उनले रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानबिन गर्नुपर्ने बताए।

राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न सांसदहरुले माग गरेका थिए।

बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताइन्। घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .