ad ad

समाज


आफ्नै शरीरमा आगो लगाएका आउजीको मृत्यु

आफ्नै शरीरमा आगो लगाएका आउजीको मृत्यु

गोकुल जोशी
जेठ २६, २०७७ सोमबार ११:४१,

अछामको बयालपाटा अस्पतालबाट हटाइएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास पछि गम्भीर घाइते भएका कर्मचारीको मृत्यु भएको छ।

आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबले बताए।

अस्पतालले कामबाट निकालेर महामारीकै समयमा परिवारको रोजीरोटी बन्द भएपछि आउजीले सोमबार बिहान बयालपाटा अस्पताल परिसरमा आफ्नो शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका आउजीलाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो।

आउजी अस्पतालमा ढेड वर्षदेखि सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए। दुई महिना अगाडि नै अस्पतालले आर्थिक संकट परेको भन्दै उनीसहित ३३ जना कर्मचारीलाई कामबाट हटाएको थियो। बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताएका छन्।

जागिरबाट हटाइएपछि अछाम अस्पतालका कर्मचारीद्वारा आत्महत्याको प्रयास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .