ad ad

कारोबार


सरकारले स्पष्ट नभन्दा बजारमा झन् अन्योल : कतै खुला, कतै प्रहरी हस्तक्षेप

सरकारले स्पष्ट नभन्दा बजारमा झन् अन्योल : कतै खुला, कतै प्रहरी हस्तक्षेप

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ८:५४,

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने निर्णय गरेको समाचार आएपछि बजारमा थप अन्योल बढेको छ।

बिहीबारदेखि सबै किसिमका पसल खुला गर्ने भन्ने खबर आएपछि बजार खुल्न थालेको छ। त्यसरी खुलेको पसललाई कतै प्रहरीले बन्द गराउँदै हिडेको छ भने कति अनुमति दिएको छ।

कतै अत्यावश्यक खाद्यान्नदेखि सुनपसल र भाँडा पसलसम्म खुलेका छन्। कतै प्रहरीले कडाइ गरेकाले पसल खुल्नसकेका छैनन्।

खुद्रा व्यवसायी महासंघ नेपालका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्यले अन्योल बढेको बताए। सरकारले स्पष्ट रुपमा नभनिदिनाले थप अन्योल बढेको उनले बताए।

‘बजार खोल्ने न खोल्ने विषय अन्योल बढेर गएको छ’, वज्राचार्यले भने, ‘कतै खाद्यान्न पसललाई समेत बिहान ८ बजे नै प्रहरीले बन्द गराएको छ भने कतै सबै पसल दिनभर खुलेका छन्।’

यस्तै अन्योल बढेपछि व्यवसायीले सरकारलाई स्पष्ट रुपमा भन्न आग्रह गरेका छन्।

बजारको अन्योलको विषयमा छलफल गर्न बिहीबार दिउँसो काठमाडौं उद्योग वाणिज्य संघको बैठक बस्न लागेको वज्राचार्यले बताए। अन्योल बढ्दै गएपछि कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको उनले जानकारी दिए।

पछिल्लो केही दिनदेखि बजारमा चहलपहल बढ्दै गएको छ। न्युरोड क्षेत्रका कतिपय पसल समेत खुल्न सुरु भएका थिए। खुलेका ती पसललाई प्रहरीले हस्तक्षेप गरेर बन्द गराएपछि तनाव समेत उत्पन्न भएको छ।

पसल खुल्न नदिए आन्दोलन सुरु गर्ने चेतावनी व्यापारीहरुले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .