राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत बजेट निर्माण गर्दा संभावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव भएको बताएका छन्।
उनले बजेटका केहि पक्ष भने सकारात्मक रहेको बताएका छन्।
स्वास्थ, कृषीलाई प्राथमिकता तथा दुध र मासु र तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रमलाई उनले सकारात्मक भनेका छन्।
‘बिदेशीलाई श्रम स्वीकृतिमा कडाई गर्नसके राम्रो, पुर्वाधार बिकासमा बजेट घटाएको ठीक भएन,’ उनले अर्थमन्त्रीको बजेट भाषण सकिनासाथ ट्विटमा आफ्नो धारणा व्यक्त गरेका छन्, ‘संभावित चुनौति सामना गर्ने सिर्जनशील सोचाईको अभाव, समग्रमा पुरानै ढर्राकै सामान्य बजेट।’

प्रतिक्रिया