नेकपा (एमाले) का सचेतक ऐन महरले प्रतिनिधि सभा बैठकमा सरकारविरुद्ध ‘मुर्दावाद’ को नारा लगाएका छन्।
गणेश नेपाली आत्मदाह प्रकरणमा आक्रोशित सुनिएका सांसद महरले हत्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
‘गणेश नेपालीको हत्याको जिम्मेवार बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिनेगरी होइन, जनतालाई मार्नेगरी, जनताको हत्या गर्नेगरी अगाडि बढिरहेको छ’ उनले भने, ‘म यो सरकार मुर्दावाद भन्न चाहन्छु।’
उनले थपे, ‘गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनुपर्छ।’
महानगर र ट्राफिक प्रहरीसँगको विवाद भएपछि बिहीबार आफ्नै शरीरमा पेट्रोल खन्याएर मुगुका २५ वर्षीय युवक गणेश नेपालीले आत्मदाह गरेका थिए।
उनको उपचारका क्रममा आज वीर अस्पताल मृत्यु भएपछि सडकदेखि सदनसम्म तातेको छ।
Shares

प्रतिक्रिया