सेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटे पनि कारोबार रकममा भने क्रमशः सुधार देखिएको छ।
शुक्रबार बजारमा लगानीकर्ताले ६ अर्ब ८६ करोडको सेयर किनबेच गरेका हुन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा झरेको छ। यस दिन कारोबार भएको कित्ता संख्या समेत १ करोड नाघेको नेप्सेले जनाएको छ।
शुक्रबार १२० वटा सेयरको मूल्य बढेको छ भने १३५ वटाको घटेको छ। त्यस्तै १९ वटाको मूल्य स्थिर छ। आज सेयरहरु १०.६६ प्रतिशतसम्म बढ्दा ७.८४ प्रतिशतसम्मको गिरावट देखिएको छ।
आज पनि सर्वाधिक कारोबारमा ऋणपत्रहरु नै हावी देखिएका छन्। यस दिन ८९ करोडसम्मको ऋणपत्र सेयरको कारोबार भएको नेप्सेले जनाएको छ।
3
Shares

प्रतिक्रिया