राजनीति


गणेश मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद सुब्बा

गणेश मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद सुब्बा

नेपालखबर
असार २६, २०८३ शुक्रबार १४:२०, काठमाडौँ

नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुब्बाले मोटरसाइकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गरेका कारण गणेशको ज्यान गएको उनको भनाइ थियो। त्यसैले यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताइन्। 

‘मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाइ छ। गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्दछ,’ उनले भनिन्। 

सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी र सामाजिक विवेकमाथि गम्भिर नभएकाले यस्तो घटना भएको जिकिर गरिन्। यसको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन्। 

‘यो मृत्यु केबल एउटा व्यक्तिको मृत्यु मात्रै होइन, यो राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भिर प्रश्न पनि हो,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad