राजनीति


गणेश नेपालीको निधनमा रास्वपा सांसद उप्रेतीले मागे माफी

गणेश नेपालीको निधनमा रास्वपा सांसद उप्रेतीले मागे माफी

नेपालखबर
असार २६, २०८३ शुक्रबार १५:३२, काठमाडौँ

रास्वपा सांसद प्रशान्त उप्रेतीले आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएको विषयमा माफी मागेका छन्। आज (शुक्रबार) संसद्मा बोल्दै उनले क्षमायाचना गरेका हुन्।

‘जिम्मेवारीमा रहनु भएका हरेक तह स्थानीय, प्रदेश, केन्द्र र यहाँ रहनुभएका माननीय सदस्यहरू सबैका लागि उत्तिकै जिम्मेवारी हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘मेरो भागको गल्ती स्वीकार गर्दै क्षमायाचना पनि माग्न चाहन्छु।’

उप्रेतीले मानवीय संवेदनाको विषयमा पनि पक्षविपक्षमा उभिएको देख्दा दु:ख लागेको बताए।

‘समाज यसरी विभाजन भएको देख्दा अति दु:ख लागेको छ। यो मानवीय संवेदनाको विषय हो। यो कुनै राजनीति गर्नुपर्ने वा पक्ष् विपक्ष लिनुपर्ने विषय होइन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad