रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपाको बन्द सत्रस्थलमा पुगेका छन्। आफैँ निजी गाडी हाँकेर प्रधानमन्त्री बन्दसत्रस्थल आइपुगेपछि सुरक्षा कडा पारिएको छ।
साँझ पर्दै गएको बेला बन्दसत्र चलिरहेको चितवन प्रदर्शनी केन्द्रको हलमा उनी प्रवेश गरेका छन्। चितवनमा यतिबेला मुसलधारे वर्षा भइरहेको छ।
उनी दिनभरि बन्दसत्र स्थल आएका थिएनन्। उनको उपस्थितिले रास्वपा नेता, कार्यकर्ता उत्साही भएका छन्। आइतबारदेखि भइरहेको रास्वपा महाधिवेशन भोलि बुधबार समापन हुनेछ।
39
Shares

प्रतिक्रिया