राजनीति


नेपाल-भारत सीमाबारे बाबुरामले दिए यस्तो स्पष्टीकरण

नेपाल-भारत सीमाबारे बाबुरामले दिए यस्तो स्पष्टीकरण

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ५:४,

आफूले फरक सन्दर्भमा बोलेको कुरालाई नेपाल-भारत सीमा विवादसँग जोडेर सामाजिक सञ्जालमा आलोचना भएकाे भन्दै जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्टीकरण दिएका छन्।

आफ्नो भनाइ आर्थिक पुनर्संरचनाका सन्दर्भमा भएको उनले बताएका हुन्।

डा. भट्टराईले बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको वेबिनारमा राखेको विचारविरुद्ध सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। 

संघले बिहीबार आयोजना गरेको वेबिनारमा डा. भट्टराईले राखेका विचार सुन्न यो भिडियो खोल्नुहोस्।

 

‘मेरो भनाइ आर्थिक पुनर्संरचनाका सन्दर्भमा हो। साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रुस, भारतलगायत सबै देशका शासकका सन्दर्भमा हो,’ डा. भट्टराईलाई उद्धृत गर्दै उनको सचिवालयले दिएको जानकारीमा भनिएको छ। ‘हरारीले भनेझैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने होइन, सबै मानव जाति एक भएर कोरोनाविरूद्ध लड्ने हो।'

नेपाल-भारत सीमा विवादका सन्दर्भमा उनले अगाडि भनेका छन्, ‘जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यबद्धता जनाइसकेका छौं। अब हामीले सार्वजनिक दन्तबझान गर्नुभन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कूटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ।’

त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मञ्च र अदालतमा पनि जाने तयारी गर्नुपर्ने उनको भनाइ छ।

‘यस्ता संवेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना र आर्थिक संकटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको षड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न,’ भट्टराईले भनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad