समाज


अफताव आलमका भाइ पक्रिन जाँदा अवरोध भएपछि प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

अफताव आलमका भाइ पक्रिन जाँदा अवरोध भएपछि प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ४:३८,

राजपुर बम काण्डका कारण हाल कारागारमा रहेका अफताव आलमका भाइ पक्रिन जाँदा अवरोध भएपछि रौतहट प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ।

२०६४ सालमा राजपुरमा भएको बम विस्फोटमा अफतावका भाइ मेहेताब आलम पनि एक मुख्य अभियुक्त भएको प्रहरीको दाबी छ।

उनी राजपुरस्थित उनकै घरमा रहेको सूचना पाएर बिहीबार राति प्रहरी टोली पुग्दा स्थानीयले अवरोध गरेपछि बाध्य भएर १२ राउन्ड हवाई फायर गर्नुपरेकाे रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविराज खड्काले जानकारी दिए।

तर उनी घरमा फेला नपरेको प्रहरीले जनाएको छ।

रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री आफतावका भाइ मेहेताब हाल फरार छन्।

२०६४ चैत २७ मा भएको घटनामा उनका दाइ सांसद अफताब आलम असोज २६ मा पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad