राजनीति


कांग्रेस सांसदले भने : सरकारले काम गरेन भनेका छैनौँ

कांग्रेस सांसदले भने : सरकारले काम गरेन भनेका छैनौँ

नेपालखबर
जेठ ७, २०७७ बुधबार ७:१८,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले आफ्नो पार्टीले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताएका छन्।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको बताएका हुन्।

सांसद देवले भने, ‘प्रतिपक्षले वर्तमान सरकारले काम गरेको छैन भनेर भनेको होइन, नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकार महत्वपूर्ण भनेको मात्रै हो।’ कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेसियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उनले स्पष्ट पारे।

सांसद देवले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन आग्रह गर्दै विपद्मा बेलामा प्रतिक्षले सरकारलाई सहयोग गर्ने बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण बिडारीले नेपाल–भारतको सिमानामा रहेको भूमि अन्तर्राष्ट्रिय कानून र कूटनीतिक पहलमार्फत जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने सरकारलाई सुझाब दिए।

सांसद बिडारीले भारतको पूर्व सरकार प्रमुखले गरेको हेलचक्र्याइँले गर्दा अहिले दुई देशको कूटनीतिक सम्बन्धमा अप्ठ्यारो परेको उल्लेख गर्दै प्राप्त तथ्यका आधारमा जतिसक्दो छिटो समाधान खोज्नुपर्नेमा जोड दिए। सिमाना विवादको छलफल धेरै पहिलादेखि हुँदै आए पनि अहिले छलफल उत्कर्षमा पुगेको उल्लेख गर्दै उनले भने, ‘सिमाना विवाद संवेदनशील कुरा हो, भारतको सैनिक अनि नेपालका जोसुकैले बोल्ने कुरा होइन, सरकारले विचार पु¥याएर कूटनीतिक ढंगले वार्ता गर्न जरुरी छ।’

उनले अन्तर्राष्ट्रिय कानूनअनुसार संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएको हुनाले सीमाको तथ्यका आधारमा नेपालको मिचिएको भूमि फिर्ता गर्नुपर्ने सुझाव दिए। सांसद बिडारीले तरकारी र फलफूल विदेशबाट ल्याउनुभन्दा आफ्नै देशमा भएको उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाब दिए।

‘गाउँगाउँका फलफूल र तरकारी शहरमा ल्याउने वातावरण मिलाउनुपर्छ, शहरबाट मल र बीउ लैजानुप¥यो’, सांसद बिडारीले भने, ‘भारतीय फलफूल तरकारी नेपालमा आउन रोकिन्छ, मुलुक आत्मनिर्भर बन्नुपर्ने जरुरी छ, नेपालकै चल्ला मारिएका छन्, दूध पोखिएका छन्, किन विदेशबाट ल्याउने?’

सांसद बिडारीले कोरोना भाइरसको महामारीका अवस्थामा काम गर्ने कानूनी जटिलतालाई सरकारले ध्यानमा राखी गृह मन्त्रालयले दिने सवारी पासलाई विचार गरेर मात्र काम दिन सुझाब दिए। नेकपाका हरिनारायण चौधरीले सुदूरपश्चिमका जिल्लामा कोरोना भाइरसको संक्रमणका जोखिम बढ्दै गएको हुनाले सरकारले रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिन आग्रह गरे।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंहले कोरोना भाइरससँग लड्नका लागि कृषि क्रान्ति जारुरी भएको हुनाले कृषिलाई बढी ध्यान दिनुपर्ने उल्लेख गरे। उनले अहिले धान र मकैको उत्पादन गर्ने समय भएको हुनाले किसानलाई समयमै मल र उन्नत बीउ पु¥याउनुपर्नेमा जोड दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad