राजनीति


नेपालको नयाँ नक्सा प्रमाणीकरण, केही बेरमा सार्वजनिक हुने

नेपालको नयाँ नक्सा प्रमाणीकरण, केही बेरमा सार्वजनिक हुने

नेपालखबर
जेठ ७, २०७७ बुधबार ७:३०,

 सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको समेटिएको अध्यावधिक नक्सा सार्वजनिक गर्ने भएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो।

सरकारले स्वीकृत गरेको नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मीले नयाँ नक्सा प्रमाणीकरण गरेका हुन्।

सो नयाँ नक्सा आज दिउँसाे सवा २ बजे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनमार्फत सार्वजनिक गर्ने मन्त्रीको प्रेस सल्लाहकार देविका घर्ती मगरले बताएकी छिन्।

नेपालले सार्वजनिक गर्न लागेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र भारतको अतिक्रमण रहेको छ।

दुई साताअघि भारतले अतिक्रमित क्षेत्रमा निर्माण गरेको भूमागको निर्माण गरेको सडकमा रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad