राजनीति


सुकुम्बासी बस्तीमा डोजरको बचाउ गर्दै रविले भने- अनावश्यक राजनीतिकरण गर्नु हुँदैन

सुकुम्बासी बस्तीमा डोजरको बचाउ गर्दै रविले भने- अनावश्यक राजनीतिकरण गर्नु हुँदैन

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १५:१५, काठमाडौँ

सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएको कार्यको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बचाउ गरेका छन्। 

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै सभापति लामिछानेले जोखिमपूर्ण बस्ती सारिएको बताएका छन्। संसदीय दलको अनौपचारिक बैठकमा लामिछानेले भने, ‘जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दै छ।’

उनले कतै कुनै थप सजकता आवश्यक भएमा ध्यानाकर्षण गराउन पनि सांसदलाई अनुरोध गरेका छन्। ‘ढलको छेउमा, बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो,’ उनले भने। 

देशैभरी रहेको सुकुम्बासी समस्यालाई एक विशेष आयोग बनाएर शिघ्र काम गरिने उनले बताए। यस क्रममा कसैलाई घरबारविहीन नबनाउने उनको भनाइ थियो। 

‘सरकारले घरबारविहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ,’ लामिछानेले भने, ‘सरकारले कोही सुकुम्बासीहरूलाई घरबारविहीन हुन दिने छैन।’

उनले यसमा आवश्यक समन्वयका लागि सुझाव लिइने बताए। तर यसमा राजनीति गर्न नहुने जिकिर गरे। ‘अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर भोट बैंकको राजनीति गर्नु गलत हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad