राजनीति


लकडाउन जेठ २० गतेसम्म थपियो

लकडाउन जेठ २० गतेसम्म थपियो

नेपालखबर
जेठ ४, २०७७ आइतबार १४:४१,

सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ।

आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो।

चैत ११ गतेदेखि निरन्तर रुपमा लकडाउन गर्दै आएको छ।

सरकारले यसअघि विभिन्न चरणमा पाँच पटक लकडाउन थप गर्दै निरन्तरता दिइरहेको छ।

आजै यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad