सिन्धुलीमा सुनकोसी नदीले बगाउँदा सुर्खेतका दुई युवक बेपत्ता भएका छन्।
आइतबार पौडी खेल्न जाने क्रममा सिन्धुलीकाे फिक्कल गाउँपालिका-४ कुइभिरबाट सुनकोसी नदीले दुई जनालाई बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेतकाे पञ्चकोटी नगरपालिका–७ घर भई हाल सिन्धलीकाे फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोसी नदीले बेपत्ता बनाएको हो।
अहिले सात प्रहरी र स्थानीयले उनीहरुकाे खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। रासस

प्रतिक्रिया