नेपाली सेनाले सैनिक पोशाक पोशाक दूरुपयोग गरेको आरोपमा सेनाका एक भगौडालाई पक्राउ गरेको छ।
सैनिक पोशाक दूरुपयोग भएको सूचनाका आधारमा सेनाले गरेको चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका शुशिल खड्का पक्राउ परेका हुन्।
अनुसन्धानको सिलसिलामा उनी नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडा परेको खुल्न आएको जंगी अड्डाले जनाएको छ।
उनलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको पनि नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया