राजनीति


पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै जेन-जी अभियानले आयल निगमलाई बुझायो ज्ञापनपत्र

पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन माग गर्दै जेन-जी अभियानले आयल निगमलाई बुझायो ज्ञापनपत्र

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १५:४०, काठमाडौँ

राष्ट्रिय जेन–जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ। 

सोमबार अभियानका प्रतिनिधिहरूले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। यसअघि शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो।

सो संगठनका प्रवक्ता वीरजंग विश्वकर्माले इण्डियन आयल कर्पोरेसनबाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गरे।

उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ। 

उनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताए। निगमको कार्यालयमा केही समय नाराबाजी समेत गरेका उनीहरूलाई प्रहरीले रोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad