राजनीति


जेनजी रेड फोर्सकी संयोजक तिमिल्सिना भन्छिन्: प्रहरीले आतंकारी शैलीमा पक्राउ गर्‍यो

जेनजी रेड फोर्सकी संयोजक तिमिल्सिना भन्छिन्: प्रहरीले आतंकारी शैलीमा पक्राउ गर्‍यो

नेपालखबर
चैत १७, २०८२ मंगलबार १८:२७, काठमाडौँ

प्रहरीले जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई ४ घन्टा सोधपुछ गरेर छाडेको छ। मंगलबार विहान १० बजेदेखि अन्तर्वार्ता दिन बोलाएर आफूलाई प्रहरीले पक्राउ गरेर ४ घण्टा सोधपुछ गरेको उनले बताइन्।

सरकार विरोधी स्ट्याट्स लेखेको भन्दै आफूलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्‍याएको उनको भनाइ छ।

‘म अनामनगरमा थिएँ, केही व्यक्तिहरू आएर हामी पनि कम्युनिष्ट विचारधारा राख्छौं, तपाईंको अन्तरर्वार्ता लिनुछ भन्दै आए,’ उनले भनिन्, तर, मेरो अन्तर्वार्ता लिइएन, कुराइयो मात्र, अनि मलाई डर लाग्यो र मैले म बोल्दिन भनेर हिँड्न खोज्दा तीन चार जनाले जबर्जस्ती गरेर गाडीमा हाले।’

गाडीमा बसेपछि बल्ल उनीहरूले आफूहरू प्रहरी भएको भन्दै सोधपुछका लागि प्रहरी कार्यालय लान लागिएको बताएको उनले बताइन्। 
‘मलाई सरकारविरुद्ध नबोल्न लिखित हस्ताक्षर गराएर २ बजे छाडियो,’ उनले थपिन्।

उनलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरेको विषयको धेरैले विरोध जनाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सल्यानबाट निर्वाचित सांसद रमेश मल्लले प्रहरीले गलत गरेको बताएका छन्।

यस्तै, नेता लेखनाथ दाहालले सरकारको कार्यशैली कुन बाटोमा गएको छ भन्दै चिन्ता जनाएका छन्। 

यसैबीच रेड फोर्सकी संयोजक तिमिल्सिनाले एक भिडिओ जारी गरेकी छन्।

उनले आफूलाई आतंकारीको शैलीमा लगेको बताइन्।

बोल्न दे भन्दै सरकारमा आएका बालेन्द्र शाहले अहिले अभिव्यक्ति राखेकै आधारमा पक्राउ गरिनु दुखद र अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको उनले बताएकी छन्। 

तत्कालीन माओवादी जनयुद्धका सहिद परिवारकी तिमिल्सिनाले आफू बोल्न नछोड्ने प्रष्ट पारेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad