अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले आज दिउँसो देशैभरि विरोध प्रदेश गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले शनिबार दिउँसो ३ बजे देशका सबै जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
तयसैगरि भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने निर्णय पनि एमालेले गरेको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गरेर ओलीको रिहाइको लागि आन्दोलन अघि बढाउने निर्णय गरेको छ।
एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय भएको जानकारी दिए।
168
Shares

प्रतिक्रिया