राजनीति


कांग्रेस विवाद: केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि छुट्टै छलफल गर्दै संस्थापन पक्ष

कांग्रेस विवाद: केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि छुट्टै छलफल गर्दै संस्थापन पक्ष

नेपालखबर
पुस १८, २०८२ शुक्रबार ९:३१, काठमाडौँ

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन र विशेष महाधिवेशन घोषणा गरेपछि नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ। 

विशेष महाधिवेशन गरियो भने पार्टी नै फुट्छ भन्दै कार्यकारी भूमिका त्यागिसकेका सभापति शेरबहादुर देउवा आफैँ नेताहरूसँग एकपछि अर्को छलफलमा सक्रिय भइरहेका छन्। 

बिहीबार साँझ महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गरी अब नियमित होइन, विशेष महाधिवेशन गर्नुपर्छ भनेलगत्तै उनले उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायत शीर्ष नेतासँग छलफल गरेका थिए। 

साथै देउवाले महामन्त्रीहरू थापा र शर्मालाई समेत यस विषयमा छलफल गर्न बिहीबार साँझ आफ्नो घरमा आउन भनेका थिए। तर विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन बनाउन भन्दै थापा काभ्रेको धुलिखेलतिर लागेपछि त्यो छलफल हुन सकेन। 

त्यसलगत्तै कांग्रेसले आज दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

यसैबीच त्यसअघि कार्यसम्पादन समितिमा रहेका सभापति देउवापक्षीय अर्थात् संस्थापन पक्षका नेताहरूले छुट्टै छलफल गर्ने भएका छन्। 

संस्थापन पक्षका एक नेताले नेपालखबरलाई बताएअनुसार कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका नेताहरू दिउँसो १२ बजे सानेपास्थित सिद्धार्थ फुडल्यान्डमा छलफलमा बस्ने भएका हुन्। 

‘त्यसपछि दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन्छौँ’, ती नेताले भने। 

त्यसो त विशेष महाधिवेशन पक्षधर महामन्त्री गगन थापाले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि अलग्गै छलफल गर्दै छन्। 

त्यसका लागि उनी काभ्रेको धुलिखेलबाट आज (शुक्रबार) बिहानै काठमाडौँ फर्केका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad