पार्टीले केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बाेलाएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काभ्रेको धुलिखेलबाट आज बिहानै काठमाडौँ फर्किएका छन्।
थापानिकट एक नेताका अनुसार काठमाडौँ आएर उनले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गर्ने छन्।
उनीहरूसँगकाे छलफलपछि आज दिउँसो ३ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा सहभागी हुने/नहुने निर्णय लिने महामन्त्री थापाकाे तयारी छ।
बिहीबार साँझ सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि आफ्नो निवास महाराजगन्ज बाेलाएका थिए।
तर महामन्त्री थापा विशेष महाधिवेशनकाे राजनीति प्रस्ताव तयार पार्न भन्दै धुलिखेलतिर लागेपछि त्यो छलफल हुन सकेन।
तर पार्टीले कार्यसम्पादन समितिकाे बैठक बाेलाएपछि केही दिन बस्ने गरी धुलिखेल पुगेका थापा आज बिहानै काठमाडौँ फर्किएका हुन्।
Shares

प्रतिक्रिया