नेकपा एमालेको मोरङ जिल्ला कमिटी उपसचिवमा पराजित शिल्पा निराला कार्की केन्द्रीय सदस्य बनेकी छन्। उनले १७४३ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
गत फागुनमा सम्पन्न जिल्ला अधिवेशनमा उनी उपसचिवमा पराजित भएकी थिइन्। एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। कार्की संस्थापन ओली पक्षबाट सिधै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी थिइन्।
विराटनगर महानगरपालिकाका उपप्रमुख समेत रहेकी कार्की केन्द्रीय सदस्य (खुला)मा निर्वाचित भएकी हुन्।
अनेमसंघबाट राजनीति गरेकी कार्की पछिल्लो समय ओली समूहको विश्वासिलो नेताको रूपमा गनिन्छिन्। २०७९ सालको निर्वाचनमा विराटनगर महानगरपालिकाको उम्मेदवार भएकी कार्की उपप्रमुखमा निर्वाचित हुँदा मेयरमा सागर थापा पराजित भएका थिए।
एमालेबाट मेयरमा पराजित थापा नेकपा एमाले मोरङको जिल्ला अधिवेशनबाट विनोद ढकाल समूहबाट उपाध्यक्ष भएका छन्। उपमेयर कार्की ओली समूह उपसचिवमा उम्मेदवारी दर्ता गराउँदा थापा समूहले पराजित गरेको थियो।
नेकपा एमाले अप्ठेरोमा परेको बेला सबै दलहरूको गठबन्धन हुँदा विराटनगर महानगरपालिकामा चुनाव जितेकी कार्कीलाई एघारौँ केन्द्रीय महाधिवेशनमा केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा उम्मेदवार बनाएका थिए।
Shares

प्रतिक्रिया