राजनीति


एमाले चुनावमा ३६ मतदाता अनुपस्थित, ककसले हालेनन् भोट?

एमाले चुनावमा ३६ मतदाता अनुपस्थित, ककसले हालेनन् भोट?

नेपालखबर
पुस ३, २०८२ बिहिबार ७:५५, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा भोट हालेनन्। 

एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको हो। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन नसेको आयोगले जनाएको छ।

एमाले निर्वाचन आयोगका अनुसार मतदानमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजाेपाध्य, अशाेक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला,दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पाेखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत उपस्थित हुन नसकेका हुन्।

एमाले निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाका अनुसार हिजो बुधबार बिहान ९:२० बजे विद्युतीय भोटिङ मेसिनमार्फत सुरु भएको मतदान आज बिहान ७ बजे आसपास सम्पन्न भएको हो।

अब मतगणना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। 

बिहान साढे ७ बजेतिर उनले नेपालखबरसँग भने, ‘अब आधा घन्टापछि मतगणना सुरु होला, गणना सुरु भएको २ घन्टाजतिमा परिणाम आउला।’

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। 

दुवै प्यानलमा नपरेकाहरूले स्वतन्त्र रूपमा समेत उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad