राजनीति


एमाले महाविधेशनमा शुभकामना दिन नगएका प्रचण्ड फर्किए काठमाडौँ

एमाले महाविधेशनमा शुभकामना दिन नगएका प्रचण्ड फर्किए काठमाडौँ

नेपालखबर
मंसिर २८, २०८२ आइतबार ११:१, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन नगएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज बिहान काठमाडौँ फर्किएका छन्। 

शनिबार भएकाे एमाले महाधिवेशन उद्घाटन सत्रमा अतिथितको निम्तो पाए पनि प्रचण्ड गएका थिएनन्। उनी हिजो सुर्खेत पुगेका थिए। 

उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए। प्रचण्डले एमालेको महाधिवेशनमा शुभकामना मन्तव्यको लागि नेता देव गुरुङलाई पठाएका थिए। 

प्रचण्ड आज बिहानै सुर्खेतबाट काठमाडौँ आएका उनको सचिवालयले जनाएको छ। 

एमाले नेताहरूले प्रचण्डले महाधिवेशनमा शुभकामना दिन आउने बचन दिएर पनि नआएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad