ad ad

राजनीति


सांसद अपहरण आरोपमा जाहेरी दिन गएका जनता समाजवादी नेतासँग सरकारी वकिल कार्यालयमा विवाद

सांसद अपहरण आरोपमा जाहेरी दिन गएका जनता समाजवादी नेतासँग सरकारी वकिल कार्यालयमा विवाद

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ९:३८,

आफ्ना सांसदलाई पूर्व प्रहरीप्रमुख र सत्तारुढ दलका सांसदले अपहरण गरेको आरोपमा उजुरी दर्ता गर्न पुगेका नवगठित जनता समाजवादी पार्टीका नेताहरु र सरकारी वकिलको कार्यालयका कर्मचारीबीच विवाद भएको छ।

त्यहाँका कर्मचारीले जाहेरी दर्ता गर्न नमानेपछि विवाद भएकाे हाे।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता नभएपछि फर्केका जनता समाजवादीका नेताहरु मंगलबार दिउँसो जाहेरी दर्ता गराउन काठमाडौं सरकारी वकिलको कार्यालय पुगेका थिए।

तर, त्यहाँ पनि जाहेरी दर्ता गराउन सरकारी वकिल कार्यालयका कर्मचारीले आनाकानी गरेपछि विवाद भइरहेको जनता समाजवादीका नेता केशव झाले नेपालखबरलाई बताए।

उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, शरत सिंह भण्डारीलगायत जनता समाजवादीका नेताहरु उजुरी दर्ता गराउनुपर्ने अडान लिएर कार्यालयमै रहेको झाले बताए।

पूर्व आइजीपी सर्वेन्द्र खनाल तथा नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप सो पार्टीका नेताहरुले लगाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .