ad ad

राजनीति


चीनसँग ‘विशाल रकम’ क्षतिपूर्ति मागिने ट्रम्पको भनाइ

चीनसँग ‘विशाल रकम’ क्षतिपूर्ति मागिने ट्रम्पको भनाइ

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ९:४६,

कोरोना भाइरस महामारीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको थप आलोचना गरेका छन्। उनले चीनबाट ‘ठूलो रकम’ क्षतिपूर्ति मागिने समेत बताए।

नियमित पत्रकार सम्मेलनमा किटनाशक दबाइको प्रयोगबाट कोभिड–१९ को उपचार सम्भव हुने बताएपछि ट्रम्पलाई सल्लाहकारहरुले पत्रकार सम्मेलन नगर्न सुझाएका थिए।

ट्रम्पको आफ्नै टिप्पणीहरुले आगामी चुनावमा नोक्सान हुने देखिएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्न छाडिदिएका थिए। तर, सप्ताहन्तपछि सोमबार पुनः उनले पत्रकार सम्मेलन गरे।

‘हामी निकै गम्भीर अनुसन्धान गरिरहेका छौँ। हामी चीनसँग खुसी छैनौँ,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘स्रोतमै भाइरसलाई रोक्न सकिन्थ्यो। विश्वभर फैलिनबाट रोक्न सकिन्थ्यो।’

जर्मनीको एक पत्रिकाले चीनसँग एक सय ६५ अर्ब डलर क्षतिपूर्ति मागेको बारेमा पनि उनलाई प्रश्न सोधियो। जसमा आफूहरुले पनि चीनसँग क्षतिपूर्ति माग्ने ट्रम्पले सुझाए।

‘जर्मनी यसबारे ध्यान दिँदैछ। हामीपनि यसबारे ध्यान दिँदैछौँ,’ उनले भने, ‘जर्मनीले जति पैसाको कुरा गर्दैछ, हामी त्यो भन्दा धेरै ठूलो रकमको कुरा गर्दैछौँ। रकमको अन्तिम टुंगो हामीले लगाइसकेको छैनौँ। तर, यो विशाल रकम हुनेछ।’

चीनले भने अमेरिकी नेताहरुले झुठको सहारा लिएको आरोप लगाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .