नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज सञ्चारकर्मीसँग संवाद गर्ने भएका छन्।
प्रेस चौतारीको आयोजनामा कार्यक्रम हुन लागेको प्रेस चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा कार्यक्रम गर्न लागिएको हो।
सोमबार दिउँसो १ बजे प्रेस चौतारीको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा कार्यक्रम हुनेछ।
141
Shares

प्रतिक्रिया