राजनीति


बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

बालुवाटारमा  ओली, प्रचण्ड र देउवाबीच छलफल

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ११:९,

विवादास्पद अध्यादेश फिर्ता लिएर रक्षात्मक अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल र नेकपाका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

शुक्रबार मध्यान्ह राजनीतिक दल र संवैधानिक परिषदसँग सम्बन्धित दुई अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल एक घण्टा छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले बोलाएपछि सभापति देउवा दिउँसो ३ बजे बालुवाटार पुगेको देउवाका सहयोगी भानु देउवाले बताए।‘प्रधानमन्त्रीज्युले बोलाएपछि सभापति देउवा छलफलका लागि बालुवाटार आउनुभएको हो’, बालुवाटारमै रहेका  भानु देउवाले नेपालखबरसँग भने।

यो पनि : अध्यादेश फिर्तालगत्तै देउवा बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल

सभापति देउावासँग १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बालुवाटार बोलाएका हुन्। प्रचण्ड बालुवाटार पुगेसँगै तीन नेताबीच छलफल सुरु भएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले तीन नेताहरुबीचमा बालुवाटारमा छलफल जारी रहेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बालुवाटारमा सामुहिक भेट र छलफल जारी छ’, थापाले भने। उनले पछिल्लो परिस्थिति र परस्पर समझदारीमा छलफल केन्द्रित रहेको जानकारी दिए।

 सरकारले सोमबार दल विभाजन र संवैधानिक परिषद् सम्बन्धित दुईवटा अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको आलोचना भएको थियो।सरकारको नेतृत्व गरेको नेकपाका नेताहरुले समेत प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए।

नेकपाको सचिवालयका बहुमत सदस्यले बिहीबार साँझ भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतम निवासमा भेला गरेरर अध्यादेश फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए।

सर्बत्र बिरोध भएपछि शुक्रबार मध्यान्ह बसेको मनि्त्रपरिषदले अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad