राजनीति


पूर्वमुख्यमन्त्री अधिकारीको आरोपः सुरक्षा अंगका मान्छे बिके

पूर्वमुख्यमन्त्री अधिकारीको आरोपः सुरक्षा अंगका मान्छे बिके

नेपालखबर
असोज २२, २०८२ बुधबार १९:१४, पोखरा

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले जेन–आन्दोलनको क्रममा देशका ४ वटै सुरक्षा निकायका मान्छेहरु बिकेको आरोप गम्भीर आरोप लगाएका छन्। उनले सुरक्षा निकायका मान्छेहहरूलाई किन्नेहरू समुद्रपारि र देशमै क्रियाशील डीप स्टेटहोल्डरहरू रहेको जिकिर पनि गरे। 

एमाले पोखरा नगर कमिटीले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने,‘यो कुरा भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन। यदि यस कारणले कहीँ स्थायी कमिटीमा भइसकेको,केन्द्रमा सरकारमा भइसकेको भनेर प्रदीप पौडेल नै बन्ने भएँ त केही छैन तर क्षमा दिनुहोला। यी  सुरक्षा निकायका चारै अंगका मान्छे बिकेकै हुन्। डीप स्टेक होल्डरको निकायबाट।’

उनले केपी ओली नेतृत्वको सरकारले दलाई लामालाई नेपालमा उत्तराधिकारी घोषणा कार्यक्रम गर्न नदिँदा, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेकाले र एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएकाले सरकारमाथि आक्रमण भएको पनि बताए।  

‘म समानुपातिक र प्रत्यक्ष निर्वाचित थिइन। संविधान जारी गर्ने बेला। मैले भोट हाल्या पनि हैन। संविधान जारी गर्न सहजीकरण गर्नेमध्ये थिएँ। मसँग त्यतिबेलाको सूचना छ। तपाईंको सरकारमा भएकामध्ये सुशील कोइरालालाई भनिसकेका छौँ, तपाईंले केपी ओलीलाई एक हप्ता पर्खिन भन्नुपर्यो,मधेस फ्याक्टरलाई हामी मिलाउँछौँ भनेको भारतीय सत्ता पक्षको अति गोप्य ठाउँको सूचना अझै पनि मसँग छ। यो कुरा मैले केपीलाई भन्न पनि परेन, केपी ओलीले मान्ने कुरा पनि भएन,’ उनले भने,‘यी डीपस्टेटका अनौपचारिक क्षेत्रबाट राज्य कब्जा गर्नेहरूको संयुक्त प्रयास यसपालि भयो, हामीले अनुमान गर्न सकनौँ।’ 

उनले नेताहरूको जीवनशैली सादा बन्नुपर्ने र सच्चिनुपर्ने आवश्यकता भए पनि नेतृत्वबाट केपी ओलीलाई पाखा पारेर केही डीप स्टेकहोल्डरहरूले समुद्रपारिका देशका स्टेकहोल्डरले गरेको कामको मतियार नेकपा एमालेका कार्यकर्ता हुन नसक्ने जिकिर पनि गरे। 

उनले भने,‘ केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्कीले सबभन्दा ठूलो जुलुस निकाल्ने छ र कास्कीले नेकपा एमाले जिम्मा लिन्छ, किनभने भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो। धेरै शहीदहरूले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरूले रगत बगाएको ठाउँमा र हिजो हिंसात्मक गतिविधि गरेर एमाले सिध्याउँछु भन्दा खेरि पनि जबर्जस्त थियो ठाउँ हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad