राजनीति


ओली र लेखकविरुद्धको जाहेरी लिएर प्रहरीले पठायो आयोग

ओली र लेखकविरुद्धको जाहेरी लिएर प्रहरीले पठायो आयोग

नेपालखबर
असोज २१, २०८२ मंगलबार १७:८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले लिएर आयोगमा पठाएको छ।   

जेनजी आन्दोलनका घाइतेका परिवारले प्रहरी परिसर काठमाडौँले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएकोे जनाएको छ।  

‘जाहेरी बुझेर हामीले गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगमा पठाइएको छ,’ परिसरका एसपी पवन भट्टराईले नेपालखबरसँग भने, ‘यो हाम्रो क्षेत्रको कुरा भएन। यसबारे कार्यक्षेत्र भएको आयोगमा पठाएका छौँ।’      

भदौ २३ र २४ गते जेनजीको आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका लेखकलाई पक्राउ गर्न जेन्जीहरुले सामाजिक सञ्जालमा ट्रेन्ड पनि चलाएका छन्।   

हामी नेपालीका संयोजक सुदन गुरुङसहित जेनजीका प्रतिनिधिले यसअघि सरकारलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न भन्दै ध्यानाकर्षण गराएका थिए। 

त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटार पुुगेर प्रधानमन्त्रीलाई यसबारे दबाब दिएका थिए।  

जेनजी र बालेन्द्र शाहको दबाबपछि गएराति सरकारले सुरक्षा प्रमुखहरुसँग यसबारे छलफल गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad