राजनीति


ओली र लेखकलाई पक्राउको माग गर्दै प्रहरी परिसर पुगे जेनजी

ओली र लेखकलाई पक्राउको माग गर्दै प्रहरी परिसर पुगे जेनजी

नेपालखबर
असोज २१, २०८२ मंगलबार १६:४६, काठमाडौँ

सुधन गुरुङलगायत ‘जेनजी’ समूह पूर्वप्रधानमन्त्रीसहितका नेताहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउको माग गर्दै जेनजी प्रहरी परिसर पुगेका हुन्।

मंगलबारै (असोज २१) दिउँसो यसअघि गुरुङलगायत जेनजीले माइतीघरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेत्री डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका थिए।

जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउको माग गर्दै उनीहरूले दबाब बढाइरहेका छन्। यसबारेमा तीनै सुरक्षा निकायसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेको बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad