नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुधन गुरुङलाई पक्राउ गर्न माग गरेको छ।
मंगलबार अखिलका नेताहरू बालेन र सुधनलाई पक्राउ गर्नुपर्ने माग सहित किटानी जाहेरी लिएर काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका छन्।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकाय जलाउनमा बालेन र सुधनको हात रहेको आरोप लगाउँदै उनीहरू किटानी जाहेरी लिएर पुगेका हुन्।
तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेको अखिलका महासचिव दीपक धामीले बताए।
यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुधनको समूह प्रहरी परिसर पुगेको थियो भने सामाजिक सञ्जालमार्फत ओली र लेखकलाई पक्राउ गर्नुपर्ने दबाब दिइरहेको छ।
त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिल प्रहरी कार्यालय पुगेको हो।
Shares

प्रतिक्रिया