राजनीति


प्रहरीले प्रमाण मागेपछि गोकुल बाँस्कोटाले सार्वजनिक गरे आफ्नो घर जलाइँदै गरिएको लाइभ भिडिओ

प्रहरीले प्रमाण मागेपछि गोकुल बाँस्कोटाले सार्वजनिक गरे आफ्नो घर जलाइँदै गरिएको लाइभ भिडिओ

आगजनीपछि गोकुल बाँस्कोटाको घर।


नेपालखबर
भदौ २९, २०८२ आइतबार २२:२६, काठमाडौँ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंक पठाइदिन आग्रह गरेपछि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफ्नो घरमा आगो लगाइँदै गरेको भिडिओ सार्वजनिक गरेका छन्। 

प्रदर्शनकारीहरूले भदौ २४ गते भक्तपुर लाकन्थलीस्थित एमाले नेता बाँस्कोटाको घरमा आगजनी गरेका थिए। 

त्यसको भिडिओ सामाजिक सञ्जालमा राख्दै बाँस्कोटाले लेखेका छन्, ‘यसलाई पुलिसले के गर्ला? प्रमाण र सूचना मागेको पुलिसलाई मैले प्राप्त गरेको र अपराधी स्वयंले लाइभ गरेको भिडिओ जस्ताको तस्तै राखिदिएको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad