समाज


भदौ २३ र २४ को अप्रिय घटनाका तस्बिर, भिडिओ पठाइदिन प्रहरीको आग्रह

भदौ २३ र २४ को अप्रिय घटनाका तस्बिर, भिडिओ पठाइदिन प्रहरीको आग्रह

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १५:४०, काठमाडौँ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन आग्रह गरेको छ।

प्रहरीले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

सूचनामा भनिएको छ, ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई (प्रहरी इमेल) मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं।’
पठाउनेको गोपनियता कायम रहने पनि प्रहरीले स्पष्ट पारेको छ। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतदेखि सरकारी कार्यालय, पार्टी कार्यालय व्यक्तिगत घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी गरेर ध्वस्त पारिएको छ। 

आन्दोलनमा हालसम्म गरी ५१ जनाको ज्यान गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad