राजनीति


मन्त्री गुप्तालाई बर्खास्त गर्न एमालेकै सांसदको माग

मन्त्री गुप्तालाई बर्खास्त गर्न एमालेकै सांसदको माग

नेपालखबर
असार ३०, २०८२ सोमबार १४:४, काठमाडौँ

नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिनन गर्न माग गरेका छन्।  

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।  

यस विषयमा सरकार मौन रहेको भन्दै उनले आपत्ति जनाए।  

‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?,' उनले भने, 'दुनियाँले सुनेको अडिओ सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो। म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई बर्खास्त गरियोस् र निष्पक्ष छानविन होस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad