कारोबार


राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे अर्थसम्बन्धी तीन विधेयक

नेपालखबर
असार ३०, २०८२ सोमबार १४:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। 

आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्। 

उनले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad