राजनीति


राजीनामा दिने तयारीमा मन्त्री गुप्ता

राजीनामा दिने तयारीमा मन्त्री गुप्ता

नेपालखबर
असार २९, २०८२ आइतबार २०:४, काठमाडौँ

घुस मागेको अडिओ सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता राजीनामा दिने तयारीमा पुगेका छन्।

त्यसका लागि उनी अहिले परामर्श गरिरहेका छन्। अडिओ टेप सार्वजनिक भए लगत्तै उनले राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षीय नेपाली कांग्रेसकै सांसदले भनेका छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलले समेत उनको राजीनामा माग गरेको छ।

सबैतिरबाट आएको दबाब थेग्न नसकेपछि मन्त्री गुप्ता राजीनामा दिने मुडमा पुगेका पुगेका हुन्। ‘यतिका विषय उठिसकेपछि म छलफलमै छु,’ उनले नेपालखबरसँग भने। यद्यपि, उनी अहिले प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन्।
ओली उपत्यकाबाहिर छन्। उनी अहिले काठमाडौँ फर्कदैँछन्। 

‘हामीले त पार्टीको निर्देशन मान्ने हो। पार्टीको निर्देशनमा चल्ने हो। पार्टीले के भन्छ त्यही गर्ने हो। हाम्रो स्प्रिट त त्यो न हो,’ गुप्ताले थपे, ‘पार्टीको निर्देशनको कुरा हो नि। पार्टीमा छलफल गर्नुपर्छ, कसैले राजीनामा माग्दैमा दिँदै हिड्ने हो भने थुप्रै जनामाथि कुरा उठेको छ नि। प्रमाणित त भएको छैन। 

२०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। अडिओ टेप सार्वजनिक भएपछि प्रधानमन्त्री समेत उनीसँग असन्तुष्ट रहेको निकटहरू बताउँछन्। ‘प्रधानमन्त्रीसँग मेरो भेटै भएको छैन र कुरा पनि भएको छैन,म पाँच-सात दिन जिल्लामै थिएँ, अस्ति आएँ, बालुवाटार जान पनि पाएको छैन। पीएम २-३ दिनदेखि बाहिर हुनुहुन्छ। अहिलेसम्म,’ मन्त्री गुप्ताले भने।  

के हो टेप प्रकरण?  
२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो। 

उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको दाबी उनको छ।

‘यसमा मेरो कुनै संलग्नता छैन, मैले कसैको एक रुपपैयाँ खाएको पनि छैन।कसैले मलाई दिएको पनि छैन। पैसा राखेको फोटो बाहिर ल्याइएको छ, जुन टेबल हो, त्यस्तो टेबलपनि मेरो मन्त्री क्वाटरमा छैन,’ उनले दाबी गरे, ‘कसले दियो व्यक्तिको पनि नाम उल्लेख छैन।कोही त व्यक्तिले दिएको होला पैसा। अब यो केही कुन बेला कुन प्रसङ्गमा रेकर्ड गरिएको छ, तर मैले त्यो सुरुवातमा त्यस्तो बोलेकै छैन।
त्यो बोल्ने औचित्य र आवश्यकतै छैन। सरुवाको कुरा गरिया छ, तर, न मैले कसैलाई तानेको छु, न कसैलाई पठाएको छु। केही गरेकै छैन। यसरी यो सुनियोजित ढंगले आएको छ। त्यो रेडियामा बोलेको कुरा पनि मेरो होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad