राजनीति


नेपाल-अजरबैजान संसदीय मैत्री समूहको संयोजकमा डा. कार्की

नेपाल-अजरबैजान संसदीय मैत्री समूहको संयोजकमा डा. कार्की

नेपालखबर
असार ११, २०८३ बिहिबार १८:६, काठमाडौँ

नेपाल-अजरबैजान संसदीय मैत्री समूहको संयोजकमा नेकपा (एमाले)का सांसद डा. अर्जुनकुमार कार्की चयन भएका छन्। 

अजरबैजानसँगको अन्तर-संसदीय सम्बन्ध तथा कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले समूह गठन गरिएको हो। दुवै देशका सांसदबीच संसदीय सहयोग र आपसी समझदारी अभिवृद्धि गर्न संघीय संसदले मैत्री समूह गठन गरेको हो।

पूर्व राजदूतसमेत रहेका डा. कार्कीको नेतृत्वमा गठिन मैत्री समूहको सदस्यमा सांसदहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनिल केसी, दीपककुमार साह र सरिता महतो तथा नेपाली कांग्रेसकी निनुकुमारी कर्ण रहेका छन्। 

सामान्यतः सांसदहरूबीच संवाद प्रवर्द्धन गर्न, संसदीय अनुभव आदान-प्रदानलाई प्रोत्साहन गर्न तथा व्यापार, लगानी, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरका सम्बन्धजस्ता क्षेत्रमा द्विपक्षीय सहयोग सुदृढ बनाउन गठन गरिन्छन्। नेपाल-अजरबैजान संसदीय मैत्री समूहको गठनले दुवै देशबीच कूटनीतिक तथा संसदीय संलग्नता विस्तार गर्ने जनाइएको छ। 

संसदीय कूटनीतिले दुई देशका सरकारबीचको सहकार्यलाई थप पूरक बनाउँदै राजनीतिक संवाद र आपसी सहयोगका अतिरिक्त माध्यमहरू सिर्जना गर्छन्। नवगठित नेपाल-अजरबैजान संसदीय मैत्री समूहले नेपालको संघीय संसद र अजरबैजानको राष्ट्रिय सभाबीचको सम्बन्धलाई अझ निकट बनाउन तथा आगामी वर्षमा दुई देशबीचको सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad