राजनीति


केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छ : पोखरेल

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजान्छ : पोखरेल

नेपालखबर
असार २९, २०८२ आइतबार १७:३५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० बर्षे उमेरहद हटाउने प्रस्ताव लैजाने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय विभागहरूको भेलालाई केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० बर्षे उमेर हद  विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट पारे।

महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको दाबी समेत गरे।

महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको दाबी गरे।

२०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको उनले उल्लेख गरे।

‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो,’ पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी  र १९ पदाधिकारी बनाइएको हो।’

विधानको दोस्रो संशोधनका रुपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको पोखरेलले स्मरण गराए।
विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको उनले जिकिर गरे।

‘विधान महाधिवेशनमा दुई कार्यकाल मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ,’ पोखरेलले भने, ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। नवौंमा विजयी हुनुभयो। विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो।’

विधानको यसै प्रावधानलाई टेकेर पुष्प कँडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन भएको भन्दै उनले एकीकृत समाजवादीबाट २०८० बैशाख ९ गते मुकुन्द न्यौपानेलाई पार्टी प्रवेश गराउदा ७० बर्षे  उमेरहद स्थगित गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad