खेल


कांग्रेसकै मन्त्रीविरुद्ध खनियो खेलकुद विभाग

कांग्रेसकै मन्त्रीविरुद्ध खनियो खेलकुद विभाग

खेलकुदमन्त्री तेजुलाल चौधरी


नेपालखबर
असार २९, २०८२ आइतबार १७:४४, काठमाडौँ

नेपाली कांग्रेसको खेलकुद विभागले आफ्नै पार्टीबाट सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका तेजुलाल चौधरीमाथि प्रश्न उठाएको छ।  नेपाल प्रिमियर लिग (एनपीएल)को विषयलाई लिएर खेदकुद  विभागले उनीमाथि प्रश्न उठाएको हो। 

खेदकुद विभाग प्रमुख उमेश जंग रायमाझीले विज्ञप्ति जारी गर्दै अहिलेकै अवस्थामा एनपीएल सन्चालन हुन नसक्ने बताएका चौधरीको भनाइको खण्डन गरेका हुन्।  

'नेपाली क्रिकेट खेलाडीको अथक परिश्रमबाट प्राप्त गौरवपूर्ण सफलतालाई नेपाली कांग्रेस खेलकुद विभाग हार्दिक सम्मान व्यक्त गर्दछ। नेपाली क्रिकेटसँग गाँसिएको सम्पूर्ण नेपाली जनताको भावना र सद्भावप्रति विभाग उच्च कदर प्रकट गर्दै खेलको दिगो विकास र विस्तारमा सरकारले अझ बढी प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दछ,'विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्तिमा एनपीएल नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण कोषेढुंगाको रुपमा स्थापित भएको र यसलाई राज्यले विशेष प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने भनिएको छ।  

राष्ट्रिय खेलकुद परिषद्, एनपीएलभित्र देखिएका विकृति, विसंगति र अनियमिततालाई हटाइ स्वस्थ, पारदर्शी र अनुशासित व्यवस्थापन प्रणाली निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराइएको छ।  

त्यस्तै सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि सरकारले तत्कालै काम गर्न आवश्यक रहेको विभागको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad