राजनीति


पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाको हालत पनि उस्तै छ : केसी

पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाको हालत पनि उस्तै छ : केसी

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १६:१७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले घण्टि बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको टिप्पणी गरे। ‘पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं,’ केसीले भने, ‘अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी।’

सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उनको भनाइ छ।

‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन?,’ केसीले भने, ‘अहिले पनि सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसद्मा होहल्ला भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad